हङकङमा थप १४ जना कोरोना भाइरसको पछिल्लो भेरिएन्ट ओक्रिमनको संक्रमणमा परेका छन्। यीमध्ये गत शनिबार मात्र त्यहाँ एक दिनमा अहिलेसम्मकै बढी १० जनामा ओमिक्रोन पुष्टि भएको हो।
साउथ चाइना मर्निङ पोस्टका अनुसार यसले सम्भावित खतरा सामनाका लागि आकस्मिक योजना बनाउन आवश्यक रहेको देखाएको हङकङका स्वास्थ्य अधिकारीले बताएका छन्।
विश्वभर तेज गतिमा फैलिरहेको ओमिक्रोनको संक्रमण हङकङमा समुदायस्तरमा फैलिन सक्ने चेतावनी सोमबार त्यहाँका वरिष्ठ अधिकारीले दिएका छन्।
कोरोनो संक्रमितको उपचार गर्ने दुई सार्वजनिक अस्पताल अनुगमनपछि खाद्य तथा स्वास्थ्य सचिव सोफिया चान सिउ चीले भने, ‘ओमिक्रोन विश्वभर तीव्र गतिमा फैलिरहेको छ। यो हङकङका लागि पनि उत्तिकै जोखिमपूर्ण देखिएको छ।’
930
Shares
प्रतिक्रिया