हङकङकी स्वास्थ्यमन्त्री सोफिया चान सिउ चीले आगामी दिनमा कोरोना प्रतिबन्धमा थप कडाइन गर्न सरकार तयार रहेको बताएकी छन्। पछिल्लो समय संक्रमणको जोखिम बढेसँगै परीक्षण, क्वारेन्टिन र भौतिक दूरीको नियममा कडाइ गरिने उनको भनाइ छ।
क्याथे प्यासिफिक एयरलाइन्सका क्रु सदस्यसमेत आइतबार जनामा कोरोना सक्रमण देखिएसँगै हङकङकी स्वास्थ्यमन्त्रीले यस्तो बताएकी हुन्। यसअघि शनिबार पनि हङकङमा एकैदिन २५ आयातित नयाँ संक्रमित फेला परेका थिए।
साउथ चाइना मर्निङ पाेस्टका अनुसार स्वास्थ्यमन्त्री सोफियाले आफ्नो ब्लगपोस्टमार्फत हङकङमा कोरेनाको पाँचौं लहर फैलिन सक्ने चेतावनी पनि दिएकी छिन्। उनले जोखिममा रहेका मानिसहरुलाई बुस्टर डोज कोरोना खोप लिन पनि सुझाव दिएकी छन्।
बुधबार अमेरिकाबाट हङकङ आएका क्याथे प्यासिफिकका एक क्रु सदस्यलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो।
आइतबार हङकङमा ९ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै अष्ट्रेलियाबाट आएका सोही एयरलाइन्सका अर्का क्रु सदस्यमाप पनि शनिबार कोरोना संक्रमण देखिएको थियो।
अहिलेसम्म क्याथे प्यासिफिकका एकजना क्रु सदस्यलाई मात्र ओमिक्रोन भेरियन्टसहितको संक्रमण देखिएको छ।
हङकङमा अहिलेसम्म ओमिक्रोन भेरियन्टसहितका ४४ संक्रमित भेटिएका छन्।
Shares
प्रतिक्रिया