मुख्यभूमिसँगको सीमा खुला गर्ने प्रयासस्वरुप हङकङले क्वारेन्टिनमा दिँदै आएको छुट अन्त्य गर्ने भएको छ।
सहरको दैनिक कार्यसञ्चालनका लागि अत्यावश्यक भन्दै विभिन्न समूहलाई क्वारेन्टिन छुट दिइँदै आएको छ।
त्यसलाई अन्त्य गरिने प्रमुख कार्यकारी क्यारी लामले मंगलबार जनाइन्।
सीमा खुला गर्नका लागि हङकङले विभिन्न कदम चाल्नुपर्ने बेइजिङले बताउँदै आएको छ।
हाल विभिन्न ३६ समूहलाई क्वारेन्टिन छुटको व्यवस्था छ। जसमा मुख्यभूमिका यात्रु, १२ मुलुकबाट आएकाहरु, कूटनीतिज्ञ, कम्पनीका निर्देशकहरु र वैज्ञानिक अध्येताहरुले क्वारेन्टिन बस्नु पर्दैन।
यद्यपि उनीहरुले पनि कोभिड नेगेटिभको प्रमाणपत्र देखाउनुपर्छ।
अब ट्रक चालकलगायत अत्यावश्यक सेवाका मानिसबाहेकलाई छुट नदिइने लामले बताइन्।
‘विदेश र मुख्यभूमिबाट आउने व्यक्तिहरुलाई दिइँदै आएको सामूहिक छुट हटाइँदैछ,’ साप्ताहिक पत्रकार सम्मेलनमा लामले भनिन्, ‘केन्द्र सरकारलाई सीमा खोल्न विश्वस्त तुल्याउन यी उपाय लगाइएका हुन्।’ एससीएमपी
Shares
प्रतिक्रिया