हङकङका प्रहरी प्रमुख स्टेफन लो वाई चुङ आगामी नोभेम्बरमा सेवा निवृत्त हुने भएका छन्। तामझामका साथ विदाइ गरिने प्रहरी परम्परा भए पनि यो पटक लो सुटुक्क सेवा निवृत्त हुन लागेका हुन्। लोको विदाइपछि सहायक कमिसनर क्रीस ताङ पिङ केउङले नेतृत्व सम्हाल्नेछन्।
लोलाई हङकङमा जारी आन्दोलनमा आन्दोलनकारीहरुमाथि अत्यधिक शक्ति प्रयोग गरेको आरोप लाग्दै आएको छ। जारी राजनैतिक अस्थिरताको समाधानको लागि सन् २०१४ को छाता आन्दोलनलाई किनारा लगाउन प्रमुख भूमिका निर्वाह गरेका सेवा निवृत्त एलन लाउ यिप शिङको पुनर्बहाली भए पनि उनी पनि आगामी हप्ता बहिर्गमन हुने सिङ ताओ दैनिकले बताएको छ।
यो आन्दोलनलाई व्यवस्थापन गर्न नयाँ प्रहरी नेतृत्वलाई ठूलो चुनौती सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ। एसियाकै उत्कृष्ट मानिने हङकङ प्रहरी बल आन्दोलनपश्चात् व्यापक आलोचित हुँदै आएको छ।
प्रतिक्रिया