हङकङलाई ‘टेक्नोलोजी हब’ का रुपमा विकास गर्ने योजनालाई सरकारले निरन्तरता दिने भएको छ।
त्यसका लागि नयाँ आईटी करिडोर निर्माण गरिने भएको छ। सो करिडोर लोक मा चाउ लुपमा निर्माणाधीन आईटी पार्कदेखि उत्तर पश्चिमको न्यु टेरिटोरिजमा पर्ने लाउ फाउ सानसम्म फैलिनेछ।
हाइ–टेक तथा सूचनासम्बन्धी कम्पनीहरुको सिर्जना गर्न सरकारले २४० हेक्टर जमिन छुट्याएको छ।
त्यस्तै, अहिले पाक सेक कोकमा रहेको साइन्स पार्कलाई विस्तार गरिने भएको छ। जसका लागि ८८ हेक्टर जमिन छुट्याइएको छ।
सान तिन टेक्नोलोजी पार्कमा हेल्थ–टेक हब बनाइनेछ। एससीएमपी
48
Shares
प्रतिक्रिया