६ दिनदेखि हराइरहेका हङकङका बैंकर साउ फुकाङ मृत फेला परेका छन्।
त्यहाँको प्रहरीका अनुसार बैंक अफ कम्युनिकेसन्सका पूर्वअध्यक्ष साउ फुकाङको शव शुक्रबार एक कन्ट्री पार्कमा फेला परेको हो।
उनी आइतबार पैदल यात्राका क्रममा बेपत्ता भएका थिए।
शुक्रबार दिउँसो १ बजेतिर साइ कुङ कन्ट्री पार्कस्थित ताम चाइ साननजिकै पर्ने पहाडी क्षेत्रमा भेटिएकाे शव उनकै भएकाे पुष्टि प्रहरीले गरेकाे हाे।
3.0k
Shares
प्रतिक्रिया