हङकङमा गतहप्ता एउटा सपिङ मलमा ओलम्पिक हेरिरहँदा चिनियाँ राष्ट्रिय गानको विरोध गर्ने एक व्यक्ति गिरफ्तार भएका छन्।
गत शुक्रबार ती ४० वर्षको व्यक्ति गिरफ्तार भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
प्रहरीका अनुसार ती पुरुषले उपनिवेशकालीन झण्डा बोकेका थिए जहाँ बेलायती झण्डाको लोगो छ। उनले आफूसँगै अरुलाई पनि चिनियाँ राष्ट्रिय गानको विरोध गर्न भनेका थिए।
हङकङको लागि टोक्यो ओलम्पिकमा फेन्सिङ विधामा इदगार चिउङले स्वर्ण पदक जितेका थिए। उनले स्वर्ण पदक जितेपछि चिनियाँ राष्ट्रिय गान बजाउँदै उनलाई मेडल लगाइएको थियो।
तर चिनियाँ राष्ट्रिय गान बजेपछि ती व्यक्तिले भने चिनियाँ राष्ट्रिय गानको विरोध गरेका थिए। उनलाई राष्ट्रिय सुरक्षा कानुन अनुसार पक्राउ गरेर अनुसन्धान जारी राखिएको बताइएको छ।
उनी पत्रकार भएको बताइएको छ। गतवर्षको जुनमा मुख्यक्षेत्र चीनले हङकङको लागि राष्ट्रिय सुरक्षा कानुन लागू गरिदिएको थियो।
सो कानुन अनुसार राष्ट्रिय गान र झण्डाको विरोध गर्ने व्यक्तिलाई हङकङमा ५० हजार हङकङ डलर जरिवानासहित ९ वर्ष सम्मको जेल सजाय हुनसक्छ।
Shares
प्रतिक्रिया