ad ad

मधेस


मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ सुरु

मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ सुरु

नेपालखबर
असोज ७, २०८१ सोमबार १०:५२, काठमाडौँ

मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ सुरु भएको छ। 

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुुरु भएको हो। 

श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा आज ओंगठन, असोज ८ गते मङ्गलवार जितिया व्रत र असोज ९ गते बुधवार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख गरिएको छ।

तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा (नुहाएर खाने) विधिबाट शुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरू मंगलबार बिहान ४ बजेदेखि मंगलबारदेखि बुधबार दिनभर उपवास बस्नुपर्नेछ। 

बुधबारकै दिन साँझ ५ः१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको छ। व्रतालुहरूले जितिया पर्वको शुभकामना दिँदै आफ्ना बालबालिकाहरूको दीर्घ जीवनको कामना गरिने बताए।

मिथिलाञ्चलमा मनाइने व्रतहरुमध्ये जितिया व्रतलाई पवित्र व्रतका रुपमा मानिन्छ।

उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .