प्रधानमन्त्री पुष्पकमल दाहालले कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन गरेका छन्।
उनले सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन गरेका हुन्।
शनिबार उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले तराईमा सिंचाइ बिस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास व्यक्त गरे।
नेपालको भुगोलअनुसार झोलुङ्गे पुलको महत्व रहेको प्रधानमन्त्रीको भनाइ छ।
देशका विभिन्न स्थानमा झोलुङ्गे पुलको निर्माणमा प्राथमिकता दिएको पनि बताउनु भयो निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पु¥याएको बताउँदै उनले दुई जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे।
नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाई एक हजार पाँच सय दशमलव ४४ मिटर रहेको छ।
Shares
प्रतिक्रिया