धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अज्ञात समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।
अज्ञात समूहले चलाएको गोली लागेर मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर २का धानुक दासको मृत्यु भएको हो।
गोली लागी घाइते भएका ४० वर्षिय दासको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। अज्ञात समूहले चलाएको गोली धानुकको देब्रे पाखुरामा लागेको थियो।
गोली कसले र किन चलाएको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
189
Shares
प्रतिक्रिया