धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको विभत्स हत्या भएको छ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रिता देवी यादवको हत्या भएको हो। घरको बिजुली काटेर रितादेवी यादवको हत्या गरिएको हो।
प्रहरीका अनुसार गएराति ११ बजेको समयमा घरमा सुतिरहेकी रितामाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरेका थिए।
गम्भीर घाइते रिताको उपचारको क्रममा जनकपुरधाम स्थित काव्य हस्पिटलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए।
उनका अनुसार श्रीमान् विरेन्द्र शंकाको घेरमा छन्। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। श्रीमानलाइ पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ।
84
Shares
प्रतिक्रिया