ad ad

मधेस


टिकट नपाएपछि जसपाका प्रदेश उपाध्यक्ष शेषनारायण कांग्रेसमा प्रवेश

टिकट नपाएपछि जसपाका प्रदेश उपाध्यक्ष शेषनारायण कांग्रेसमा प्रवेश

नेपालखबर
असोज २३, २०७९ आइतबार १३:३८, जनकपुरधाम

टिकट नपाएपछि जनता समाजवादी पार्टी (जसपा)का मधेस प्रदेश उपाध्यक्ष रहेका शेषनारायण यादव पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसले  धनुषाको ४(क)बाट यादवलाई टिकट दिने भएपछि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 

जसपाले सो क्षेत्रबाट मधेस प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई टिकट दिएको छ ।

२०७४ सालको निर्वाचनमा ज्ञानेन्द्र नै यस क्षेत्रबाट जीत निकालेका थिए । पार्टीले ज्ञानेन्द्रलाई नै दोहराउने भएपछि पार्टी निर्णयप्रति असन्तुष्ट बन्दै शेषनारायणले पार्टी नै परित्याग गरेका हुन् । 

जसपा नेतृत्वले मधेसी जनता र मधेस आन्दोलनको मर्म विपरित कार्य गर्दै आईरहेकाले आफू कांग्रेसलाई रोजेको शेषनारायणले बताए ।

उनले कांग्रेसमै  रहेर मुलुकमा संघियता संस्थागत गर्न र मधेसी जनताको मनोभावनालाई पूरा गर्नका लागि कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .