ad ad

लुम्बिनी


गुल्मीमा सुक्खा पहिरो, एक महिला बेपत्ता

गुल्मीमा सुक्खा पहिरो, एक महिला बेपत्ता

सांकेतिक तस्बिर


नेपालखबर
असोज ७, २०८१ सोमबार २१:४३, गुल्मी

सुक्खा पहिरोमा परी गुल्मीको मालिका गाउँपालिका–२, जुनाम, सिम्लेकी एक महिला बेपत्ता भएकी छन्।

पहिरोमा परी ६९ वर्षीया टनी पुन आइतबारदेखि बेपत्ता भएकी हुन्।

घरनजिकै रहेको मनकामना सामुदायिक वनमा गोरु चराउन गएको बेला सुक्खा पहिरो झरेको थियो। त्यसपछि उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरो गएको ठाउँमा आज खोजतलास गर्ने क्रममा २ वटा गोरू मरेको भेटिएको प्रहरीको भनाइ छ।

उक्त सामुदायिक वनको ६ सय मिटर माथिबाट सुक्खा पहिरो गएको छ। अहिलेसम्म सम्पर्कमा नआएकीले पहिरोमा पुरिएको हुन सक्ने प्रहरीको अनुमान छ।

स्थानीय र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शंकरप्रसाद पोख्रेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .