बर्दिया क्षेत्र नम्बर १ स्थित नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा बम विस्फोट भएको छ। मतदान केन्द्र नजिकै खेतमा बम विस्फोट भएपछि अहिले मतदान रोकिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सेनाको डिस्पोजल टोलीले अहिले खोजतलास गरिरहेको छ।
मतदान सुरू भएको केही समयमै नजिकै रहेको खेतमा बम विस्फोट भएको थियो।
मतदान केन्द्र रहेको स्कूल भवनमाथि विस्फोट भएपछि मतदाताको भागाभाग भएको छ।
अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
108
Shares
प्रतिक्रिया