बुटवलबाट सम्पर्कविहीन भएका तीन बालक अभिभावकको सम्पर्कमा आएका छन्। उनीहरू भारतको महाराष्ट्र प्रदेशबाट अभिभावकको सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए।
शुक्रबार विद्यालय जान भनिहिँडेका बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालयमा समेत हाजिर नभई सम्पर्कविहीन भएका थिए।
सम्पर्कविहीन भएका मध्ये समीर लम्सालका बुबा भारतमा रहेको र ती सबै बालक उनीसँग सम्पर्कमा आएको परिवारले बताएको डीएसपी केसीले जानकारी दिए। बालकहरु कसरी मुम्बई पुगे भन्ने बारेमा अभिभावकले लिएर आएपछि थप अनुसन्धान हुने उनले बताए।
228
Shares
प्रतिक्रिया