रुपन्देही क्षेत्र नम्बर ४ र ५ मा नेपाली कांग्रेसले उम्मेदवारका लागि एकल नाम सिफारिस गरेको छ।
क्षेत्र नम्बर ४ मा प्रमोद यादव र ५ मा भरतकुमार शाहको नाम सम्बन्धित क्षेत्रीय समितिले सर्वसम्मत रुपमा सिफारिस गरेका हुन्।
दुवै जना अहिले सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य छन्।
२०७४ को चुनावमा रुपन्देही ४ मा यादवले तत्कालिन राजपाका सर्वेन्द्रनाथ शुक्ललाई ११ हजार बढि मतान्तरले पराजित गरेका थिए।
त्यस्तै, २०७४ सालको चुनावमा रुपन्देही ५ मा भरतकुमार शाहले वाम गठबन्धनका उम्मेदवार डिलाराम आचार्यलाई १२ हजार बढी मतान्तरले पराजित गरेका थिए।
शाह २०५६ र २०७० सालको चुनावमा पनि यही क्षेत्रबाट विजयी भएका थिए।
क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेश सभा ‘क’ बाट अष्टभुजा पाठक र ‘ख’ बाट बसिउद्धिन खाँको नाम सिफारिस भएको छ। दुवै जना अहिले पनि प्रदेश सांसद छन्।
यस्तै, ५ को ‘क’ बाट प्रत्यक्षका लागि विष्णु प्रसाद पोखरेल, देवीप्रसाद कँडेल, लक्ष्मी चौधरीको नाम सिफारिस भएको छ।
‘ख बाट यसअघि नै प्रत्यक्षमा फकुरद्धिन खानको नाम एकल सिफारिस भएको थियो।
Shares
प्रतिक्रिया