बुटवल ३ गोलपार्कमा रहेको एक होटलमा किशोरी मृत फेला परेकी छन्। गोलपार्क होटलमा बुटवल २ की १७ वर्षीया समीक्षा गुरुङ झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।
उनी एक युवकसँग होटलमा बसेको खुलेको छ। राति साढे १० बजे दुवै जना होटलमा बस्न आएको होटल सञ्चालकले प्रहरीलाई बताएका छन्। उनीहरू २ तलामाथि १०५ नम्बर कोठामा बसेका थिए।
युवक राति नै बिल तिरेर गएको र पछि उनीहरू बसेको कोठामा हेर्न जाँदा किशाेरी झुन्डिएको अवस्थामा मृत पाइएको होटल सञ्चालकको भनाइ छ। राति १२ बजे होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।
किशाेरीसँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी इलाका प्रहरी कार्यालय (बुटवल) का प्रमुख ठगबहादुर केसीले बताए। अहिले युवतीको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।
Shares
प्रतिक्रिया