पात ओइलाउँदै जान्छ
हात चाउरिँदै जान्छ
साथ पनि त धर्मराउन थाल्छ
मस्तिष्कमा बगिराख्छन् यादहरु
त्यसै काँप्छन् ओठहरू
बिलाइसके हरखुसी
त्यो चिसो झरना जमेको तलाउ
तिमी धकेल्थ्यौ पर पर
बौलाउँथेँ आनन्दले– योभन्दा
ठूलो अरु के छ र!
इन्द्रेणीसँग रङ साटिन्थ्यो खुसीको
बल्थ्यो मुस्कानको दियो
बादल हाँस्थ्यो पानी पार्दै
प्रेमको खास मौसम थियो।
120
Shares
प्रतिक्रिया