सप्तकोसी नदीमा खसेको बसबाट १७ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। बिहीबार साँझ विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बस कोसी ब्यारेजको पुलबाट नदीमा खसेको थियो।
अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ। १७ जना घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बताए।
बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। ब्यारेजको ३५ नम्बरको ढोकादेखि दक्षिणतर्फ रहेको वाल भत्काएर नदीमा खसेको प्रहरीले जनाएको छ।
बसमा कति यात्रु थिए भन्ने खुलिसकेको छैन।
*यसअघि दुर्घटनामा सवार यात्रुको संख्या अन्यथा पर्न गएको सच्याइएको छ।
606
Shares
प्रतिक्रिया