राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबार कञ्चनपुरको महेन्द्रनगरमा राजा महेन्द्र शाहको सालिक स्थापित गर्ने भएको छ।
महेन्द्रनगरको शालिक संविधान चोकमा राप्रपाले शालिक स्थापना गर्न लागेको हो। राप्रपाले सालिक राख्ने तयारी गरेसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ। सालिक राख्ने भनिएको स्मारक चोकलाई सुरक्षाकर्मीले घेरेर राखेका छन्।
अहिले महेन्द्रनगर बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ छ। सालिक राख्ने भनिएको संविधान चोक, दशरथ चोक र मदन चोकमा हिँडडुल गर्न निषेध गरिएको छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा त्यहाँ आमसभा पनि हुँदैछ। सालिक स्थापना र आमसभालाई सम्बोधन गर्न लिङ्देनसहितका नेता कञ्चनपुरमा छन्।
राप्रपाले सालिक राख्ने तयारी गरेसँगै जिल्लाका ८ राजनीतिक दलले विरोधमा विज्ञप्ति निकालेका थिए।
Shares
प्रतिक्रिया