कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०र०८१ को बजेट बहुमतले पारित भएको छ।
मंगलबार प्रदेश सभाको २५औँ बैठकमा बजेट बहुमतले पारित भएको सभामुख नन्दा गुरुङले घोषणा गरेकी हुन्।
अर्थमन्त्री वेदराज सिंहले पारित गरियोस् भनी प्रदेशमा प्रस्ताव राखेका थि।
अर्थमन्त्री सिंहले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको बजेट ल्याएका थिए।
जसमा चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत, पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४.३८ प्रतिशत विनियोजन गरिएको छ।
बजेट असार १ गते संसदमा प्रस्तुत भएको थियो।
33
Shares
प्रतिक्रिया