वीरेन्द्रनगरमा ई-सेवाको सहयोगमा शिखर इन्स्योरेन्सले घरको बीमा गर्ने कार्यक्रमको थालनी गरेको छ। भविष्यमा विपतबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै ‘होम इन्स्योरेन्स’को कार्यक्रम थालनी गरिएको कम्पनीले जनाएको छ।
युएसएआईडी (तयार नेपाल) सँगको सहकार्यमा शिखर इन्स्योरेन्सले इ–सेवाबाट अनलाइनमार्फत घरमै बसेर आफ्नो घरको बीमा गर्ने कार्यक्रम ल्याएको हो। घरको बीमा गरेकाहरूले आफ्नो घरमा भूकम्प, बाढीपहिरो, आगलागी र चोरी/डकैतीबाट क्षती पुगेको खण्डमा बीमा दाबी गर्न सक्नेछन्।
तयार नेपालका प्रतिनिधि विनोदकुमार बराईली पाँच वर्षदेखि विपत् व्यवस्थापनमा काम गर्दै आएको बताए। उनले कोरोना महामारी, विपत् व्यवस्थापन सम्बन्धी जानकारी गराउने र लगानी बढाउने काम तयार गरिरहेको बताए।
उनले भने, ‘बीमाले विपत् व्यवस्थापनमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ। त्यसैमा घरको पनि बीमा गर्ने हो भने धेरै फाइदा हुन्छ।’
साथै बराईलीले कृषिको विकासका लागि कृषि बीमामा सरकारले ८० प्रतिशत सहयोग गरेपनि उक्त बीमा कार्यक्रम प्रभावकारी नभएको बताए।
शिखर इन्स्योरेन्सका प्रतिनिधि गणेश जोशीले शिखर देशको अग्रणी अवस्थामा रहेको र कर्णाली प्रदेशका १० वटै जिल्लामा शाखा स्थापना भएको जानकारी दिए। शिखरले २०५४ सालबाट वीरेन्द्रनगरमा सेवा सञ्चालन गरिहरहेको बताए।
यस्तै, इ–सेवालेका प्रतिनिधि कमल सापकोटाले घरको बीमा गर्न धेरैलाई समस्या हुने भएकाले डिजिटलको माध्यमबाट व्यवस्थापन गर्नका लागि कार्यक्रमको थालनी गरिएको बताए।
वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतकी सुनिता थापाले आफ्नो घरको बीमा गरेर होम इन्स्योरेन्सको थालनी गरेको उनले बताए। उनले जम्मा ५३ लाख २५ हजारको बीमा गरेकी हुन्।
सुनिताको घर पक्की भएका कारणले प्रत्येक वर्ष २१ सय ८८ रूपैयाँ बीमा रकम जम्मा गर्नुपर्ने छ। अन्य घरको प्रकार र आकृति अनुसार रकममा फरक पर्नेसक्ने इन्स्योरेन्सले जनाएको छ।
उक्त कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकालले भविष्यमा आउन सक्ने जोखिमबाट बचाउनका लागि र विपत्को बारेमा जानकारी दिएर मात्रै इन्स्योरेन्स गर्नुपर्ने बताइन्।
Shares
प्रतिक्रिया