ad ad

ग्लोबल


हिजबुल्लाहविरुद्ध सबै शक्ति लगाएर लड्न इजरायली सेनालाई प्रधानमन्त्री नेतान्याहुको निर्देशन

हिजबुल्लाहका ड्रोन युनिटका प्रमुख मोहम्मद सुरुर मारिए
हिजबुल्लाहविरुद्ध सबै शक्ति लगाएर लड्न इजरायली सेनालाई प्रधानमन्त्री नेतान्याहुको निर्देशन

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु


नेपालखबर
असोज ११, २०८१ शुक्रबार ९:२२, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सेनालाई हिजबुल्लाहविरुद्ध पूर्ण शक्तिका साथ आक्रमण गर्न आग्रह गरेका छन्।

अमेरिकालगायत इजरायलनजिकका अन्य देशले युद्धविरामका लागि अनुरोध गरिरहेका बेला इजरायली प्रधानमन्त्री नेतान्याहुले अझ युद्ध चर्काउने कुरा गरेका हुन्। 

लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ९२ जनाको ज्यान गएको जनाएको छ।

लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा रहेको एउटा भवनमा भएको हवाई हमलामा आफ्नो ड्रोन युनिटका प्रमुख मोहम्मद सुरुर पनि मारिएको हिजबुल्लाहले जनाएको छ।

बुधबार अमेरिका, बेलायत र युरोपेली संघले तीन साताका लागि युद्धविराम गर्न अपिल गरेका थिए।

तर इजरायलले यो प्रस्ताव अस्वीकार गरेको छ। 

न्युयोर्कमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री नेतान्याहुले आफ्ना सबै लक्ष्य हासिल नगरेसम्म युद्ध नरोकिने बताएका छन्। 

नेतन्याहुले आफ्नो लक्ष्य गत वर्ष अक्टोबरमा हमासको आक्रमणका कारण देशको उत्तरी भागबाट विस्थापित नागरिकलाई सुरक्षित फिर्ता गर्नु भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .