ad ad

ग्लोबल


भाजपा नेताकी पत्नीको मानहानि गर्दा शिवसेना सांसदलाई १५ दिनको जेल सजाय

भाजपा नेताकी पत्नीको मानहानि गर्दा शिवसेना सांसदलाई १५ दिनको जेल सजाय

फाइल तस्बिर : यूबीटी सांसद सञ्जय राउत


नेपालखबर
असोज १०, २०८१ बिहिबार १३:५७, काठमाडौँ

भारतको शिवसेना (यूबीटी) राज्यसभा सांसद सञ्जय राउतलाई मुम्बईको एक अदालतले मानहानि मुद्दामा दोषी ठहर गरेको छ।

मानहानि मुद्दामा अदालतले उनलाई १५ दिनको जेल सजाय र २५ हजार भारतीय रुपैयाँ जरिवाना सुनाएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार सांसद राउतलाई भाजपा नेता किरीट सोमैयाकी पत्नी डा मेधा किरीट सोमैयाको मानहानि गरेको कसुरमा उक्त सजाय तोकिएको हो।

राउतले मेधा किरिट भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका थिए।

किरिटका वकिल विवेकानन्द गुप्ताका अनुसार मजगाउँका महानगरीय मजिस्ट्रेटले आफ्नो फैसलामा भनेको छ- राउतले २५ हजार जरिवाना तिर्नुपर्नेछ र १५ दिन जेल बस्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .