ad ad

गण्डकी


गोरखा पहिरो : सात दिनपछि भेटियो बेपत्ता युवकको शव

गोरखा पहिरो : सात दिनपछि भेटियो बेपत्ता युवकको शव

फाइल तस्बिर


नेपालखबर
साउन १९, २०८१ शनिबार ११:५७, गोरखा

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा  बेपत्ता थप एक जनाको शव सात दिनपछि फेला परेको छ।

आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव आज शनिबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। 

परियारको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल रेसे खोलामा फेला परेको उनले बताए।

ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जितबहादुर गुरुङको कृषि फार्ममा बास बस्ने क्रममा राती गएको पहिरोमा परेर बेपत्ता भएका थिए। 

गत आइतबार रेसेमा गएको भीषण पहिरोमा परी पाँच जना बेपत्ता भएका थिए।

तीमध्ये ७० वर्षीय सुलाल कान्छा गुरुङ, ३७ वर्षीय जितबहादुर गुरुङ, ३३ वर्षीय रेशम गुरुङ र ३५ वर्षीय कान्छी गुरुङका शव यसअघि नै फेला परेका थिए। 

पहिरोमा परेर सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङ घाइते भएका थिए। घाइतेहरूको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .