ad ad

गण्डकी


पोखरा स्कुल बस दुर्घटना : महानगरबाट ७ सदस्यीय छानबिन समिति गठन

पोखरा स्कुल बस दुर्घटना : महानगरबाट ७ सदस्यीय छानबिन समिति गठन

नेपालखबर
साउन १४, २०८१ सोमबार २१:४८, पोखरा

पोखरामा आमा–छोराको ज्यान जाने गरी भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ।

दुर्घटनामा परी बसमा सवार कास्की पोखरा महानगरपालिका २१, कृस्तीकी ३३ वर्षकी आरती विक (विद्यालय कार्यालय सहयोगी) र उनका ६ वर्षका छोरा प्रिन्स विकको मृत्यु भएको थियो भने २८ जना घाइते भएका छन्।

पोखरा १७ विरौटास्थित एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस रामदीबाट विद्यार्थी बोकेर छोरेपाटन आउँदै गर्दा सडकबाट अनियन्त्रित भइ खस्न पुगेको थियो। दुर्घटनाको कारण खोज्न महानगरबाट गठित ७ सदस्यीय समितिको संयोजकमा शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य रहेका छन्।

महानगरपालिकाले मानवीय क्षति हुने गरी भएको दुर्घटनाको कारण, सवारी साधन, चालकको अवस्था, सिट क्षमतालगायतको विषयमा अध्ययन गर्ने अख्तियारीसहित समिति गठन गरिएको मेयर धनराज आचार्यले बताए। ७ दिनभित्र प्रतिवेदन पेश गर्ने अख्तियारी दिइएको

समितिमा आचार्यसहित सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारी, सदस्यमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरिय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इन्जिनियर सरोज चालिसे रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .