ad ad

गण्डकी


पोखरामा २४ जना सवार स्कुल बस पल्टियो

पोखरामा २४ जना सवार स्कुल बस पल्टियो

सोमबार बिहान पोखरामा दुर्घटना भएको स्कुल बस


वाशुदेव मिश्र
साउन १४, २०८१ सोमबार ९:५४, पोखरा

पोखरामा आज (सोमबार) बिहान विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ।

सोमबार बिहान विद्यार्थी लिएर फर्कँदै गरेको एलपी देवकोटा मेमेरियल स्कुलको बस पोखरा-१७, फुस्रेखोलानेर पल्टिएको वैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

अहिले प्रहरी र स्थानीयले विद्यार्थीहरूको उद्धार गरिरहेका छन्। घाइतेलाई अस्पताल पठाइएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

बसमा चालक र सहचालक गरी २४ जना सवार रहेको र तीमध्ये केही गम्भीर घाइते भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .