ad ad

गण्डकी


गण्डकीमा राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने

गण्डकीमा राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने

नेपालखबर
जेठ २८, २०८१ सोमबार १५:४८, काठमाडौँ

गण्डकी प्रदेशमा राप्रपा संसदीय दलका नेता पन्चराम गुरुङले मुख्यमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेका छन्। राप्रपा संसदीय दलका नेता गुरुङले बजेट ल्याउने बेला मुख्यमन्त्री विश्वासको मत माग्नुलाई लाजमर्दो भएको पनि बताए।

उनले गण्डकीको सरकारमा केन्द्रको राजनीतिको छायाँ प्रदेशमा पर्न नदिन र अस्थिरताको अन्त्य गर्न यो निर्णय गरेको पनि बताए। 

राप्रपाको समर्थनपछि अब मुख्यमन्त्रीको पक्षमा २९ जना सांसद देखिएका छन्।

अब मुक्यमन्त्री पाण्डे बहुमतबाट २ मत टाढा छन्।

प्रमुख प्रतिपक्षी एमालेसँग २२ र सभामुखसहित माओवादीसँग ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ तथा स्वतन्त्र सांसद दीपक मनाङेसहितको ६० सदस्यीय संसदमा बहुमत जुटाउन उनलाई सजिलो छैन।

राप्रपाकै समर्थन भयो भने पनि कांग्रेसलाई दुईजना सांसद अझै अपुग हुन्छ।

स्वतन्त्र सांसद दीपक मनाङेले सार्वजनिक रुपमै मध्यावधिमा जान नदिने र जसले ३० जनाको समर्थन जुटाउँछ आफू उतै लागेर ३१ अर्थात् बहुमत पुर्‍याइदिने बताउँदै आएका छन्।

सोमबारको बैठकमा मनाङे विपक्षीकै बेञ्चमा बसेका छन्। 

मनाङेले विश्वासको मत दिँदा पनि मुख्यमन्त्री पाण्डेलाई अझै एकजना सांसदको समर्थन चाहिन्छ। त्यो भनेको नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्यसमेत रहेका फणिन्द्र देवकोटाको समर्थन हो।

तर, उनी पनि आजको बैठकमा विपक्षी बेन्चमै बसेका छन्। उनीहरू दुवैको मत पाउन पाण्डेलाई जरुरी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .