गत साउन २५ गते नेपाल आयल निगमको प्रादेशिक डिपोबाट बढी परिणामको डिजेल बाहिरिएको सूचना आयो। सूचना आएलगत्तै जिल्ला प्रशासन कार्यालयल र इलाका प्रहरी कार्यालय हंशपुर शिसुवाको प्रहरी टोलीले ग २ ख ८३६ नं को पेट्रोलियम ट्यांकर पक्राउ ग¥यो। डिपोबाट बाहिरिएको सो ट्यांकरमा हुनुपर्ने १२ हजार लिटर डिजेल थियो।
बिल भौचरमा सो परिणाम उल्लेख भए पनि त्यसमा थप ३ हजार डिजेल बढी हालिएको थियो।
आयल निगमका कार्यालय प्रमुख चित्तरञ्जन दास र पश्चिमाञ्चल टे«डर्सका संचालक एवं ट्यांकर धनी बाबुराम जमरकट्टेलको मिलेमतोमा डिजेल बाहिरिएको र राज्यलाई जानाजान घाटा बनाएको कास्की प्रशासनले ठहर ग¥यो।
ट्यांकर चालक निर्मल थापा पक्राउ तत्काल पक्राउ परे। डिपोका प्रमुख र पेट्रोल पम्प संचालन फरार रहे। ३ हजार लिटर डिजेलको बजार मूल्य करिब ४ लाख ५९ हुन आउँछ।
जिल्ला प्रशासन कार्यालयले सो प्रकरणमा कारवाही प्रक्रिया अगाडि बढायो। आपराधिक क्रियाकलाप भएकाले त्यसको जिम्मेवारी जिल्ला प्रहरी कार्यालय कास्कीलाई सुम्पियो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार प्रहरीले अनुसन्धान अगाडि बढाउँदा सो प्रकरणमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५२ आकर्षित भयो। संहिताको दफामा आपराधिक विश्वासघाटबारे उल्लेख छ।
दफाको उपदफा १ को ‘क’ र ‘ख’ मा भनिएको छ, ‘आफ्नो जिम्मा वा संरक्षणमा रहेको अर्काको सम्पत्ति बेइमानीपूर्वक आफ्नो निमित्त प्रयोग गरेमा वा कुनै प्रकारले रुपान्तरण गरेमा वा त्यस्तो सम्पत्तिको उपयोग तत्सम्बन्धी करार वा शर्तनामा वा कानून विपरीत बेइमानीपूर्वक आफ्नो निमित्त उपयोग गरेमा वा अरु कसैलाई उपयोग गर्न दिएमा वा हक टुटाई अरुलाई दिएमा वा दिलाएमा, (ख) अर्काको कुनै काम कारोवार गर्ने जिम्मा लिएको वा कानूनी कर्तव्य पालन गर्नु पर्ने जिम्मेवारी भएको व्यक्तिले वा कुनै काम कारोवारका सम्बन्धमा अर्काको प्रतिनिधिको रुपमा काम गर्ने व्यक्तिले आफू वा अरु कसैलाई फाइदा पु¥याउनको लागि आफ्नो कर्तव्यको विपरीत कुनै काम गरी त्यस्तो व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पु¥याएमा कानूनी कारवाही हुनेछ।’
सोही दफाको उपदफा ३ को ‘क’ले कुनै संस्थाको व्यवस्थापक, प्रबन्धक, कर्मचारी वा प्रतिनिधिको हैसियतले कुनै व्यक्तिले वा कुनै सम्पत्ति एक ठाउँबाट अर्को ठाउँमा पु¥याइ दिने वा गोदाम वा अन्य कुनै ठाउँमा सुरक्षित साथ राख्ने जिम्मा लिएको वा त्यस्तोे गर्ने कानूनी कर्तव्य भएको व्यक्तिले आपराधिक विश्वासघात गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना तोकेको छ।
यस्तै, अरु कसैले आपराधिक विश्वासघात गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ।
यद्यपि, प्रहरीले सो अपराधमा संलग्न चालक निर्मल थापा र गण्डकी धवलागिरी पेट्रोलियम एसोसियनको प्रतिनिधि जगन्नाथ ढुंगानालाई मात्र हालसम्म पक्राउ गरेको छ।
कास्की प्रहरी प्रवक्ता डीएसपी विकका अनुसार जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको छ भने आरोपित अन्य २ जना फरार रहेका छन्।
Shares
प्रतिक्रिया