जिल्लाको व्यास नगरपालिका–९ सुनखोल्सी निवासी मनबहादुर थापाका दुई वटा भैँसी करेन्ट लागेर मरेका छन् । विद्युत् सञ्चालन भएको नाङ्गो तार चुँडेर चौरमा लत्रिएको अवस्थामा चर्दै गरेका भैँसी एक्कासि करेन्ट लागेर मरेका हुन्।
नेपाल विद्युत् प्राधिकरण सिसाघाटको लापरबाहीका कारण आहाले लाखुरी भन्ने ठाउँमा विद्युतको तार लत्रिएको अवस्थामा चर्दै गरेका भैँसीलाई करेन्ट लागेको स्थानीय किसान थापाले जानकारी दिए।
उनले भने, ‘करिब रु ६० हजार मूल्य पर्ने भैँसी करेन्ट लागेर गुमाउनुपरेको छ।’
घट्नापश्चात् तत्काल सिसाघाट विद्युत् प्रविधिकरणमा जानकारी गराएपछि समितिले नियमअनुसार रु चालिस हजार क्षतिपूर्ति दिने सहमति भएको स्थानीय विष्णुबहादुर अधिकारीले बताए। स्थानीय, उपभोक्ताले पटक–पटक जानकारी दिँदा पनि बेवास्ता गरेका कारण उक्त दुर्घटना हुन गएको उनले बताए। रासस
Shares
प्रतिक्रिया