विलासी जीवनशैलीका लागि किम कार्दाशियन कुनै अपरिचित नाम होइन। पारिवारिक सम्पत्तिबाट आनन्दित जीवनको मजा लिइरहकी उनलाई ‘रियालिटी टिभी क्वीन’ उपनामले चिनिन्छ।
उनीसँग १ अर्ब ८० करोड डलर सम्पत्ति छ। त्यसकारण उनको महंगा कारहरुको संग्रहलाई कुनै आश्चर्य मान्नुपर्दैन।
उनले संग्रह गरेका कारहरुको कुल मूल्य ३८ लाख अमेरिकी डलरजति छ। उनीसँग ल्याम्बोर्गिनी, रोल्स रोयस र एउटा मेब्याक छ। ती सबैमा खैरो पोतिएको छ। किन यसो गरियो त? यो ‘हिडेन हिल्स’सँग मिलाउनका लागि हो। जुन क्यालिफोर्नियास्थित छ करोड डलरको उनको घर हो।
भोग म्यागजिनसँगको पछिल्लो युट्युब भिडिओमा कार्दाशियन आफ्नो घरको विचरण गराउँछिन् जहाँ उनको कार संग्रहका चम्किला हाइलाइट देख्न सकिन्छ।
‘म सधैँ एउटा कार–गर्ल भएकी छु। म कारलाई माया गर्छु र म साँच्चै केही फरक चाहन्थेँ। म मेरा कारहरुलाई मेरो घरसँग मिश्रण गराउन चाहन्थेँ जुन खैरो छ’, उनले दर्शकहरुलाई भनेकी छिन्, ‘त्यही कारण मैले सेता कारहरु सबैलाई खैरो बनाएँ, जुन म प्रायः गरिराख्थेँ।’
टीएमजेटका अनुसार उनले कार रंग्याउन १ लाख डलर खर्च गरेकी थिइन्।
यी हुन् कार्दाशियनका महंगा कारहरु
१० लाख डलरका पाँचवटा मेब्याक
टीएमजेटका अनुसार सन् २०२० को क्रिसमसका लागि उनका पूर्वपति कान्ये ‘ये’ वेस्टले उनका पाँच मेब्याक किनेका थिए। उपहारका रुपमा दिइएका ती कार कुन संस्करणका थिए भन्नेचाहिँ स्पष्ट छैन। तर कार्दाशियनले भने फेब्रुअरीको भोगसँगको च्याटमा मेब्याक सेडानलाई आफ्नो ‘सबैभन्दा मन पर्ने बच्चा’ भनिरहेकी थिइन्।
सामाजिक कार्यमा रुचि राख्ने उनको मर्सिडिज बेन्ज मेब्याक एस५८० को बाहिरी भाग फेरि रंग्याइएको थियो जुन मोनोक्रोम ट्रिम डिजाइन (कालो वा सेतो रंगको तस्बिरयुक्त डिजाइनसँग मिल्छ।
‘म यसबारे सबै कुरा माया गर्छु। म खैरो रंगको पेन्टिङलाई माया गर्छु। यदि म केही उठाउँछु भने त्यो मेरो बच्चा हो, त्यहाँ, त्यो मेरो बच्चा हो’, कारलाई देखाउँदै उनी भन्छिन्। जुन प्लाटिनम ग्रुपले अनुकूल बनाएको थियो।
छ लाख डलरको ल्याम्बोर्गिनी उरस
भोगसँगको अन्तर्वार्ताकै दौडान कार्दाशियनले आफ्नो ल्याम्बोर्गिनबारे खुलाइन् जुन उनको तीन असाध्यै रुचाउनेमध्ये एउटा कार हो। इटालेली कम्पनीको यो पहिलो एसयूभी हो र चार जना बच्चालाई लिएर उनी यताउता निस्किन्छिन्।
यसलाई उनले आफू अनुकूल बनाउन अगाडिपट्टि किट राखेकी छिन्, जसले यसलाई केही भिन्न स्वरुपमा देखाएको छ। उनले यसलाई सन् २०२१ मा ६ लाख अमेरिकी डलरमा खरिद गरेकी हुन्।
२ लाख डलरको ल्याम्बो
सन् २०२१ को ग्रीष्मयाममा कार्दाशियनले आफ्नो २ लाख डलरको ल्याम्बोर्गिनीलाई स्किम्स कजी फेब्रिकले बेरेकी थिइन्।
यसबारे इन्स्टाग्राममा फोटो राख्दै आफ्नो नयाँ कार साह्रै सुन्दर रहेको र चढ्नका लागि आतुर भएको बताएकी थिइन्।
बसलका अनुसार पेरिस हिल्टनले त्यो पोस्टमा तिमी साह्रै धनी छौ, महंगो कार चढ्न सक्छौ’ भन्दै प्रतिक्रिया जनाएकी थिइन्। पेरिस मिडिया व्यक्तित्व हुन्।
४ लाख डलरको रोल्स रोयस
त्यसो त कार्दाशियनले ४ लाख डलर मूल्यबराबरको रोल्स रोयस गोस्टलाई पनि नयाँ स्वरुप दिएकी थिइन्। उनी प्लाटिनम मोटरस्पोर्ट्सको नम्र ग्राहक पर्छिन्। नयाँ कारलाई आफ्नै स्वरुप दिँदा उनी सक्रिय रहन्छिन्।
उनी आफ्नो रोल्स रोयसलाई एउटा सुन्दर युवती भन्न रुचाउँछिन्।
१ लाख ७७ हजार डलरको ल्यान्ड रोभर
यसबाहेक उनीसँग ल्यान्ड रोभर रेन्ज रोभर पनि छ।
जुन १ लाख ७७ हजार अमेरिकी डलर मूल्य पर्छ। यसलाई पनि उनले आफ्नै स्वरुपमा रंग्याएकी छिन्। एससीएमपीबाट।
Shares
प्रतिक्रिया