ad ad

कला


दीपाश्री, प्रियंका र सरोजको अभिनयमा प्रहरी प्रवक्ताले ल्याए नयाँ गीत ‘दसैँ रमाइलो’ (भिडिओ)

दीपाश्री, प्रियंका र सरोजको अभिनयमा प्रहरी प्रवक्ताले ल्याए नयाँ गीत ‘दसैँ रमाइलो’ (भिडिओ)

नेपालखबर
असोज ११, २०८१ शुक्रबार १६:३८, काठमाडौँ

दसैँको अवसरामा नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीको दसैँ गीत सार्वजनिक भएको छ। कार्कीले लेखेको ‘दसैँ रमाइलो’ बोलको गीत सार्वजनिक भएको हो।

गीतमा राजेशपायल राई र मेलिना राईको स्वर सुन्न सकिन्छ। दीपक शर्माको संगीत रहेको श्यामस्वेत रसाइलको एरेन्ज गरेका छन्।

गीतको भिडियोमा दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओली फिचर्ड छन्। दसैँको रौनक देखिने गीतमा तीनैजनाले टीका र जमरा लगाएर छमछमी नाचेका छन्।

करणसिंह चासिरको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका छन्।

‘विशिष्ट सांस्कृतिक महत्व बोकेको नेपालीहरुको महान चाड हो,’ गीतबारे गीतकार कार्कीले भने, ‘यसले समग्र नेपालीमा उत्पन्न गर्ने हौसला र दसै मान्न नपाउनेहरुको समग्र मनस्थिती र अवस्थालाई यो गीतमार्फत झल्काउन खोजिएको छ। गीत समग्र नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने गरी र यसको सांस्कृतिक महत्वलाई उजागर गर्नेगरी बनाइएको छ। नाच्ने खालको गीत बनेकाले यसपटकको दसैँमा दर्शक झुमेर नाच्न पनि सक्छन्।’ 

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .