ad ad

कला


‘जेरी अन टप’मा सुरक्षा पन्तको प्रवेश

‘जेरी अन टप’मा सुरक्षा पन्तको प्रवेश

नेपालखबर
असोज १०, २०८१ बिहिबार ९:४१, काठमाडौँ

सुयोग गुरुङको निर्देशनमा बन्ने फिल्म ‘जेरी अन टप’ मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छिन्। यसै साताबाट सुटिङमा जान लागेको फिल्ममा अभिनेत्री पन्तको प्रवेश भएको छ। 

निर्माण कम्पनी फिल्मस् र अभिनेत्री पन्तबीच बुधबार सम्झौता भएको हो। निर्माता सरोज न्यौपानेले फिल्ममा पन्त अनुबन्ध भएको पुष्टि गरे।

‘महत्वपूर्ण भुमिकाको लागि सुरक्षा जी ‘जेरी अन टप’मा अनुबन्ध हुनुभएको छ। उहाँको प्रवेशसँगै फिल्मको कास्टिङ लाइनअप थप मजबुद भएको छ,’ न्यौपानेले भने। 

न्यौपानेले अझै अन्य स्टारकास्ट पनि फिल्मसँग जोडिएको भन्दै त्यो सरप्राइज फ्लोरमा जाँदासम्म खुल्दै जाने बताए। निर्माण टिम कास्टिङ लाइनअपलाई बलियो बनाएको छ। 

यसअघि मुख्री कलाकारमा  अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ अनुबन्ध भइसकेका छन्। 

कास्टिङ लाइनअपले फिल्म त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको छनक दिन्छ । वर्षमा एक दुई फिल्म मात्र गर्दै आएका अभिनेता अनमोलले यो फिल्मको स्कृप्टलाई यसअघि नै उत्कृष्ट बोल्दै आएका छन्। ‘फर्की फर्की’पछि पर्दामा आउन लागेका अनमोल यतिबेला यो फिल्मको लागि पात्र सुहाउँदो अभिनयको लागि मेहनतमा व्यस्त छन्।

निर्माता न्यौपानेले नेपाली फिल्ममा हालसम्म पर्दामा नदेखिएको कथावस्तुमा आफ्नो फिल्म निर्माण हुन लागेको भन्दै पछिल्लोक्रममा नेपाली दर्शकले रुचाउँदै आएको परिवेशमा फिल्म निर्माण हुने बताए। 

नेपाली फिल्मवृत्तमा संभावनावान निर्देशकमा गनिएका ुफर्की फर्कीु निर्देशक गुरुङले अघिल्ला फिल्मबाट नै आफुलाई प्रमाणित गरिसकेका छन्। गुरुङ र अनमोलसँगको दोस्रो सहकार्यले नेपाली रजतपटमा नयाँ आयाम दिने विश्वास निर्माण टिमको छ। 

‘जेरी अन टप’को निर्माणमा अनन्या फिल्मस्सँग दिपक भण्डारी, रविन शेरचन र रामकृष्ठ श्रेष्ठ जोडिएका छन् भने एसोसिएट निर्मातामा ओम अग्रवाल र विवेक थापा छन्।

‘जेरी अन टप’ को कथा हेमराज बिसीको हो। फिल्मको स्कृप्टमा चर्चित कथावाचक साइग्रेस पोखरेल पनि जोडिएका छन्। यो फिल्मलाई काठमाडौँ, लुक्ला र वलिउडको ब्लकवस्टर फिल्म ‘थ्री इडियट्स’ छायांकन स्थल लद्धाक लगायतका स्थानमा खिचिँदैछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .