पूर्व उपराष्ट्रपति नन्द किशोर पुन र उपसभामुख इन्दिरा राना मगरले फिल्म ‘खुस्मा’ हेरेका छन्। उनीहरुले आइतबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा गरिएको विशेष शो मा फिल्म हेरेका हुन्।
फिल्म हेरेपछि दुबैले सशस्त्र द्वन्द्ध र त्यसले एक परिवारमा पारेको प्रभावलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिए। साथै फिल्मको कलाकारहरुको पनि खुलेर तारिफ गरे।
गत बिहिबारदेखि प्रदर्शनमा आएको यस फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। यस फिल्ममा उपासना सिंह ठकुरी र धिरज मगरको मुख्य भूमिका रहेको छ।
फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन ९खबपु०, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, राजु रेग्मी मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका अभिनय छ।
मगर समुदायको परिवेशमा निर्माण भएको यस फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई समेटेको छ।
Shares
प्रतिक्रिया