ad ad

कारोबार


सामसङ जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रिअर्डर खुल्यो, मूल्य कति?

सामसङ जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रिअर्डर खुल्यो, मूल्य कति?

नेपालखबर
साउन २, २०८१ बुधबार १४:३९, काठमाडौँ

सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–अर्डर लिन सुरु गरेको छ। काठमाडौंस्थित मेरियट होटलमा एक कार्यक्रम गरी कम्पनीले उक्त दुई स्मार्टफोनको प्रिअर्डर खुलेको बताएको हो। 

गत असार २६मा दुवै फोनको ग्लोबल अनप्याक्ड गरिएको थियो।     

कार्यक्रममा सामसङ नेपालका प्रबन्धनिर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ सिरिजको अनावरण गरेका थिए।

‘फोल्डेबलका लागि सामसङको निरन्तर आविष्कारले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ सँग ग्यालेक्सी एआईको अर्को अध्याय खोलेको छ’, सामसङ नेपालका निर्देशक स्थापितले भने, ‘फोल्डेबल फोर्म फ्याक्टरलाई एआई–इन्फ्युज्ड कनेक्टेड ग्यालेक्सी इकोसिस्टमसँग मिलाएर, हाम्रा नयाँ स्मार्टफोनहरूले प्रयोगकर्ताहरूलाई एक आकर्षक अनुभव प्रदान गरेर नयाँ सम्भावनाहरू अनलक गर्न सशक्त बनाउँछ।’

कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६, ग्यालेक्सी जेड सिरिजका अहिलेसम्मकै सबैभन्दा पातलो र हल्का डिभाइसहरू हुन्, र सिधा एड्जहरूसँग पूर्ण रूपमा सममित डिजाइनका साथ आउँछन्। ग्यालेक्सी जेड फोल्ड ६ले नयाँ कभर स्क्रिन अनुपातको साथ अझै  प्राकृतिक बार–टाइप भीउइंग एक्सपिरिएन्स प्रदान गर्दछ। नयाँ ग्यालेक्सी जेड सिरिज  पहिलेभन्दा धेरै टिकाउ पनि छ।

डुअल रेल हिङ्ग संरचनालाई बलियो फोल्डिङ एजले थप बलियो बनाएको छ, र प्रमुख स्क्रिनमा परिष्कृत तहहरूले बल कायम राख्दै क्रिज सुधार गर्न मद्दत गरेको छ । ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ पनि छ, जसले यसलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाएको छ।

ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित छन्, र अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, सीपियु, जीपियु र एनपियु कार्यसम्पादनको संयोजन गर्दछ। दुवैको प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको छ जसले सुधारिएको समग्र प्रदर्शनको साथमा इनहान्स गरिएको ग्राफिक्स प्रदान गर्दछ।

ग्यालेक्सी जेड फोल्ड६ ले ठुलो स्क्रिनलाई अधिकतम बनाउन र प्रयोगकर्ताको उत्पादकत्वलाई उल्लेखनीय रूपमा वृद्धि गर्न एआई–सञ्चालित सुविधाहरू र उपकरणहरूको दायरा प्रदान गर्दछ।

त्यस्तै यसमा नोट असिस्ट सुविधा छ। यसले आफ्नो मिटिङका नोटहरू अनुवाद, संक्षेप, र अटो फरम्याट गर्न सकिन्छ भने। पीडीएफ ओभरले ट्रान्सलेसन पनि गर्दछ। यसमा रहेको कम्पोजरले इमेल र समर्थित सोसल मिडिया एपहरूको लागि साधारण किवर्डहरूमा आधारित सुझाव गरिएको टेक्स्ट उत्पन्न गर्ने कम्पनीले जनाएको छ। यसबाहेक स्केच टु इमेजको सुविधाले परिष्कृत कलाहरू सिर्जना गर्न क्षमता दिने कम्पनीको भनाइ छ। 

किस्तामा किन्न सकिने, मूल्य कति? 
यी फोनका पहिलो ५०० प्रि–अर्डर गर्ने ग्राहकहरूले एनसेल सधैँ अन सिम प्राप्त गर्न सक्नेछन्। यसमा १७ जीबी डाटा र ४९९ मिनेट कल तथा ४९९ एसएमएस प्रत्येक महिना र ६ महिनासम्म निःशुल्क प्राप्त गर्न सक्नेछन्। 

सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत १ वर्षको लागि १ पटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध छ। आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि सामसङले सबको फोन र अर्को स्टोरमार्फत १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराएको छ।

कम्पनीका अनुसार ग्यालेक्सी जेड फ्लिप ६ (१२ प्लस २५६ जीबी)को १ लाख ५४ हजार ९ सय ९९ रुपैयाँ, ग्यालेक्सी जेड फोल्ड ६ (१२ प्लस २५६ जीबी)को २ लाख ३४ हजार ९ सय ९९ रुपैयाँ र ग्यालेक्सी जेड फोल्ड ६ (१२ प्लस ५१२ जीबी)को २ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ मूल्य राखिएको छ। 

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इनस्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले देशभरकै सामसङ आधिकारिक स्टोरबाट शून्य प्रतिशत ब्याजदरमा ग्यालेक्सी जेड फोल्ड रु ६८५४/महिना र ग्यालेक्सी जेड फ्लिप६को रु ४५२१/महिनाको दरमा नयाँ फोनहरू प्राप्त गर्न सक्नेछन्। 

यी नयाँ फोल्डेबलहरूका लागि सामसङले उपभोक्ताहरूलाई थप सहज बनाउनको लागि डाउन–पेमेन्टलाई ३० प्रतिशतमा घटाएर २४ महिनासम्म ऋण अवधि गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .