सेयरबजार आज पहिलो कारोबार दिन नै ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३३.९७ र सेन्सिटिभ ६.०४ अंकले घटेको हो।
बजारमा आज २२९ कम्पनीको ६२ लाख कित्ता सेयर खरिदबिक्री भएका छन्। २७ हजार पटकको उक्त खरिदबिक्रीमा १ अर्ब ६० करोड १८ लाख २२ हजारको कारोबार भएको छ।
बजार खुलेयता निरन्तर ओरालो लागेको थियो। फलतः सबै उपसूचकहरु राताम्य हुनपुगेका छन्। यसअनुसार १८० कम्पनीको सेयर घटेको र ८ वटाको मात्र बढेको नेप्सेले जनाएको छ।
आइतबार लगानीकर्ताले ५.३५ प्रतिशतसम्म कमाउँदा ७.८५ प्रतिशतसम्म गुमाउनुपरेको छ। आज लक्ष्मी बैंकको २१ करोडको कारोबार भएको छ। यो नै आजको सर्वाधिक कारोबार हो।
21
Shares
प्रतिक्रिया