ad ad

कारोबार


फेरि डेढ लाखनजिक पुग्यो सुनको मूल्य, आज कति?

फेरि डेढ लाखनजिक पुग्यो सुनको मूल्य, आज कति?

नेपालखबर
साउन १७, २०८१ बिहिबार ११:३३, काठमाडौँ

सुनको मूल्य फेरि तोलाको डेढ लाख रुपैयाँनजिक पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बिहीबार फेरि १६ सय रुपैयाँले बढेको हो। 

सुन बिहीबार उक्त दरले बढेर १ लाख ४९ हजार ४ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन १८ सय रुपैयाँले बढेपछि १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।  

आज चाँदीको पनि मूल्य २० रुपैयाँले बढेको छ। योसँगै आज चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। 

यसअघि साउन २ गते छापावाल सुन १ लाख ४९ हजार ८ सय र ३ गते १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ४४६ अमेरिकी डलर र चाँदी २८ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .