सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार उक्त दरले बढेपछि तोलाको १ लाख ४६ हजार १ सय रुपैयाँ पुगेको छ।
योसँगै आज छापावाल सुन १ लाख ४६ हजार १ सय र तेजाबी सुन १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि १ हजार ७५० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।
आइतबार छापावाल सुन १ लाख ४५ हजार ७ सय, तेजाबी १ लाख ४५ हजार र चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।
156
Shares
प्रतिक्रिया