सुनको मूल्य फेरि बढेको छ।
सोमबार तोलामा २ सय रुपैयाँ बढेको सुन मंगलबार फेरि १ सय रुपैयाँ महंगो भएको हो।
योसँगै मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य थोरै गिरावट आएको छ। आज प्रतिऔँस २ हजार ३ सय २९ अमेरिकी डलर मूल्यमा कारोबार भएको छ। यता चाँदी २९.३८ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ।
1.9k
Shares
प्रतिक्रिया