तिहारपछि पहिलोपटक बजार खुलेको दिन आइतबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार गत सोमबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ५ सय पुगेको छ।
त्यस्तै चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।
96
Shares
प्रतिक्रिया