नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा आइपुगेको छ भने तेजावी सुनको भाउ ९१ हजार ३ सय रुपैयाँमा आइपुगेको छ।
आइतबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११७० रुपैयाँमा कारोबार भइरहेको छ।
111
Shares
प्रतिक्रिया