ad ad

कारोबार


ग्लोबल आईएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत २५ लाखसम्म सेयर धितो कर्जा लिन मिल्ने

ग्लोबल आईएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत २५ लाखसम्म सेयर धितो कर्जा लिन मिल्ने

नेपालखबर
असोज ११, २०८१ शुक्रबार १४:२, काठमाडौँ

ग्लोबल आइएमई बैंक लिमिटेडले ‘फास्ट लोन अगेन्स्ट सेयर प्लेटफर्म’ सार्वजनिक गरेको छ। यसअन्तर्गत इच्छुक ग्राहकहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन्। 

बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन्। 

ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् । 

यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् । 

यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाखसम्म तोकिएको छ। 

यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयम्को हुनुपर्ने र निवेदकबाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रुपमा स्वीकार नगरिने बैंकले जनाएको छ। 

यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .