नाडा अटो सो २०८१ को पहिलो दिन सीजी मोटर्सले २७ वटा बुकिङ पाएको छ।
सीजी मोटर्सले विभिन्न ब्राण्ड गरी ८ वटा स्टल प्रदर्शनमा राखेको छ।
सोमै सार्वजनिक गरेको अवतार ११ को ३ वटा बुकिङ्ग पहिलो दिनमा नै भएको छ र आगामी दिनहरुमा पनि राम्रो बुकिङ्ग आउने कम्पनीको अनुमान छ।
त्यसैगरी नाडामार्फत नै सार्वजनिक गरिएको रिडरा आरडी६को ५ वटा बुकिङ प्राप्त भएको छ भने नाडामार्फत नै सार्वजनिक गरिएको एक्सपेङ को ६ वटा बुकिङ प्राप्त भएको कम्पनीले जनाएको छ।
त्यसैगरी नेटा भीको ६ वटा, नेटा एक्स मोडलको ७ वटा बुकिङ पाएको कम्पनीले उल्लेख गरेको छ।
यसरी पहिलो दिनमा २७ वटा बुकिङ्ग प्राप्त गर्न सफल रहेको सी.जी. मोटर्सले नाडा अटो शो को अन्त्यसम्ममा आफ्ना विभिन्न ८ वटा ब्राण्डहरु मार्फत २०० वटाभन्दा धेरै बुकिङ्ग हासिल गर्ने कम्पनीको अनुमान रहेको छ।
Shares
प्रतिक्रिया