भारतमा अर्को महिनादेखि टाटा मोटर्सका गाडीको मूल्य बढ्ने भएको छ।
सन् २०२४ को जनवरीबाट विद्युतीय र आइस इन्जिनका गाडीको मूल्य बढ्ने भएको हो।
टाटाको टियागो, टियागो इभी, टिगोर, टिगोर इभी, अल्ट्रोज, नेक्सन, नेक्सन इभी, सफारीलगायतका प्यासेन्जर भेहिकल रहेका छन्।
टाटा मोटर्सले सबै प्यासेन्जर र विद्युतीय गाडीको मूल्य जनवरी २०२४ बाट बढ्नेछ।
कुन मोडलमा कति मूल्य बढ्छ केही हप्तापछि जानकारी गराउने उल्लेख गरेको छ। गत जुलाई १७ मा औसतमा ०.६ प्रतिशत मूल्य बढाएको थियो।
कमर्सियल भेहिकलमा अक्टोबर १ बाटै ३ प्रतिशत मूल्य बढाएको थियो।
नेपालमा भारतमा मूल्य बढेको आधारमा नेपालमा पनि कम्पनीका गाडीहरुको मूल्य बढ्नेछ।
सामान्यतया भारतमा कम्पनीले ३–३ महिनामा मूल्य बढाउने गरेको छ।
नेपालमा तत्काल नबढे पनि भारतबाट नयाँ मूल्यका गाडी भित्रिनेबित्तिकै मूल्य बढ्नेछ।
Shares
प्रतिक्रिया