चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित गरी नयाँ साल, साह्रै बब्बाल अफर सार्वजनिक गरेको छ।
कम्पनीले प्रिमियम सेडान एल्सभिन र प्रिमियम पिक-अप हन्टर लिन इच्छुक ग्राहकका लागि आकर्षक अफरहरु सार्वजनिक गरेको हो।
यो अफर २०८० वैशाख १ देखि २०८० वैशाख ३१ सम्मको लागि लागू हुने कम्पनीले जनाएको छ। अफरअन्तर्गत ग्राहकले चांगनको कुनै पनि सवारी साधनको खरिदमा सिंगापुर र मलेसियाको ५ रात / ६ दिन को लागि वैदेशिक भ्रमण वा एप्पलको उत्पादन (आईफोन १४, आईवाच र एयरपड्स) जित्न सकिनेछ।
यसका साथै चांगनको कुनै पनि सवारी साधनको खरिदमा ५० हजार रुपैयाँसम्मको फेस्टिव बोनस तथा स्क्राच कार्डमार्फत ५० हजार रुपैयाँसम्मको अधिक छुट पाउन सक्नेछन्।
त्यस्तै आफ्नो कुनै पनि ब्राण्डको साधन साट्न इच्छुक ग्राहकवर्गहरुले भने थप २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्।चांगन अटो नेपालले टेस्ट राइड गर्ने ग्राहकवर्गहरुलाई आकर्षक उपहार तथा हरेक हप्ता एक भाग्यमानी विजेतालाई १ रात / २ दिनको लागि नगरकोटमा होलिडे प्याकेजको व्यवस्था पनि मिलाएको छ।
चांगन अटो, नेपाली बजारमा प्रवेश गरेको एक वर्ष भएसंगै विभिन्न उत्कृष्ट अफरहरु उपलब्ध गराउंदै आइरहेको छ।
Shares
प्रतिक्रिया