हालै सम्पन्न टेकलेख अवार्डमा टीभीएस रेडरले उत्कृष्ट कम्युटर तथा टीभीएस अपाचे आरटीआर १६० फोरभीले उत्कृष्ट फिचर अवार्ड हात पारेको छ। गत वर्ष पनि रेडरले टेकलेखको साथमा अरु धेरै अवार्डहरु पाएको थियो।
टेकलेखले जारी गरेको विज्ञप्तिअनुसार रेडरमा भएका सुधारहरुको आधारमा यो वर्ष पनि रेडरले यो अवार्ड प्राप्त गर्न सफल भएको हो।
विज्ञप्तिमा उल्लेख भएअनुसार रेडरको किफायती मूल्य, स्टाइल, र अप्डेटेड फिचरहरुका कारण यस बाइकले अवार्ड पाएको छ।
टीभीएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ्ग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायतका विशेषताहरु उपलब्ध रहेका छन्। साथै, यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाईट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षक बनाएको छ।
एयर आयल कुल्ड एसआई कार्बेरेटर ईञ्जिनद्वारा शक्ति प्रदान गरिएको यस बाइकले ७,५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता बोकेको छ।
अपाचेको कुरा गर्नुपर्दा, यस बाइकले निरन्तर सुधार गरेको फिचरहरुको गुणस्तरले गर्दा यो बाइकले अवार्ड प्राप्त गर्न सफल भएको बताइएको छ। रिडिजाइन्ड डिएलआर, राइडिङ्ग मोड, ग्लाइड थ्रु ट्राफिक, रेसिङ्ग डिएनए जस्ता फिचरहरुले गर्दा नै यस बाइकले टेकलेखको उत्कृष्ट फिचर अवार्ड प्राप्त ग¥यो।
जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो वितरण सञ्जाल छ।
Shares
प्रतिक्रिया