दुईपांग्रे सवारीसाधन बिक्रीमा ओला इलेक्ट्रिकले चर्चित कम्पनीलाई उछिनेको छ।
भारतमा उक्त कम्पनीले चर्चित कम्पनीहरु बजाज अटो, टीभीएसलगायतलाई पछि पारेको हो।
पर्वको समय अर्थात् अक्टोबरमा भारतमा ६८ हजार ३२४ वटा दुई पांग्रे सवारीसाधन बिक्री भएको तथ्यांकले देखाएको छ।
उक्त महिनामा ओलाले १५ हजार ९५ वटा सवारीसाधन बिक्री गरेर पहिलो स्थानमा परेको छ। कम्पनीले सेप्टेम्बरमा ९ हजार ८७५ वटा दुईपांग्रे बिक्री गरेको थियो।
बिजनेस स्ट्यान्डर्डको रिपोर्टअनुसार सेप्टेम्बरको तुलनामा अक्टोबरमा धेरै दुईपांग्रे बिक्री भएका छन्।
यसअनुसार बजाज अटोले अक्टोबरमा ३ हजार २६५ वटा बिक्री गरेको छ। कम्पनीले सेप्टेम्बरमा २ हजार ६०१ वटा सवारीसाधन बिक्री गरेको थियो।
त्यस्तै टीभीएसले अक्टोबरमा ३ हजार ९८७ वटा र सेप्टेम्बरमा २ हजार ६०१ वटा दुईपांग्रे बिक्री गरेको छ।
यता हिरो इलेक्ट्रिकले अक्टोबरमा ८ हजार ३४ वटा र सेप्टेम्बरमा ८ हजार १९९ वटा, ओकिनावाले अक्टोबरमा ११ हजार ७५४ र सेप्टेम्बरमा ८ हजार ४९४ वटा दुईपांग्रे बिक्री गरेको छ।
Shares
प्रतिक्रिया