बहुप्रतीक्षित टाटा नेक्सनको ‘डार्क इडिसन’ छिट्टै नेपाल भित्रिने भएको छ।
नेपालमा टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदी टेडिङ प्रालिले केही गाडी ल्याउन लागेको हो।
टाटा नेक्सन ईभी डार्क इडिसन गत जुलाईमा भारतमा सार्वजनिक भएको थियो। नेपालमा ८ महिना अघिदेखि नै डार्क इडिसनको माग उच्च रहेको थियो।
सिप्रदीका अधिकारीहरुका अनुसार डार्क इडिसनको विषयमा फोन कल, सामाजिक सञ्जाल, इमेलबाट चासोहरु राखेका थिए।
‘सिप्रदी ट्रेडिङले गाडी उत्पादकसँग डार्क इडिसनको लागि ८ महिनादेखि बारम्बर माग गर्दै आएको थियो’, एक अधिकारीले भने, ‘लामो पर्खाइपछि केही थान गाडी उत्पादक कम्पनीले नेपाल पठाउने भएको छ।’
डार्क इडिसनको भारतमा उच्च माग छ। कम्पनीले मागअनुसार उत्पादन गर्न नसक्दा लामो समय नेपालमा गाडी आउनसकेको थिएन।
प्रिमियम लुक्समा रहेको गाडी इन्टेरियर र एक्सटेरियर डार्क इडिसनमै उपलब्ध रहेको छ। गाडीको फ्रन्ट नीलो कलरले हाइलाइट्स गरिएको छ।
सिप्रदी ट्रेडिङले टाटाको नेक्सन ईभी गत साउनमा नेपालमा नेक्सन ईभी सार्वजनिक भएको थियो। एक पटकको फुल चार्जमा ३१२ किलोमिटरसम्म कुद्छ। टाटा नेक्सन ईभी डिसी फास्ट चार्जबाट १ घण्टा र एसी चार्जरबाट करिब ८ घण्टा लाग्ने कम्पनीले बताएको छ।
डार्क इडिसन नेपाल आउने थाहा पाएसँगै ग्राहकहरुले पहिलो लटमा आउने सबै गाडी बुकिङ गरिसकेको कम्पनीले जानकारी दिएको छ।
‘इम्प्याक्ट डिजाइन २.०’ अवधारणाअन्तर्गत तयार पारिएको यसको बनावट अरुभन्दा भिन्न र आकर्षक देखिन्छ। हाल उपलब्ध रहेका गाडी र डार्क इडिसनमा मेकानिकल फरक भने छैन।
सिप्रदी ट्रेडिङले १६ वटा डीसी फास्ट चार्जर स्थापना गरिसकेको छ। एसी चार्जर १०० वटा स्थापना गरेको छ। सिप्रदीका चार्जिङ स्टेसन इजेट चार्ज एपबाट सहजै थाहा पाउन सकिन्छ। गाडीमा ३०.२ किलोवाट आवरको ब्याट्री छ।
नेक्सन ईभीले १२९ पीएस पावर र २४५ एनएम जेनेरेट गर्छ। ईभी केवल ९.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्न सक्दछ। गाडीको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी रहेको छ भने गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किमिसम्म वारेन्टी रहनेछ।
सिप्रदीले नेपालमा २ वटा मोडलमा विद्युतीय गाडी सार्वजनिक गरिसकेको छ। एसयुभीमा नेक्सन ईभी रहेको छ भने हचब्यागमा टिगोर बजारमा उपलब्ध छ।
कम्पनीले हालसम्म करिब ६०० नेक्सन ईभी बिक्री गरिसकेको छ भने टिगोर ईभी ३ दर्जन बिक्री भएका छन्।
Shares
प्रतिक्रिया