ad ad

कारोबार


जर्मन सहयोगमा बनेको प्राविधिक स्कुल हस्तान्तरण

जर्मन सहयोगमा बनेको प्राविधिक स्कुल हस्तान्तरण

नेपालखबर
असोज १७, २०७६ शुक्रबार ९:२१,

धादिङमा जर्मन सरकारको सहयोगमा निर्माण भएको जर्मन टेक्निकल स्कुल आज हस्तान्तरण गरिएको छ। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा जर्मन उपमन्त्री नोर्बर्ट बार्थलेले उक्त स्कुल हस्तान्तरण गरेको दूतावासले जनाएको छ।

जर्मन टेक्निकल स्कुल (जीटीएस) पूर्णप्रविधियुक्त संस्था हो । शेषकान्त फाउन्डेसनले जर्मन एनजीओ जुकुन्फट फर नेपाल अस्टुर्टेम्बर्ग (जेटएफएन)सँगको सहयोगमा टेक्निकल र भोकेसनल शिक्षा दिने उद्देश्यले धुनिबेसी नगरपालिकामा उक्त स्कुल निर्माण गरिएको हो।

उक्त स्कुलको मेटल वर्कशप हल जर्मन आर्थिक सहयोग र विकास मन्त्रालयको डेभलोप डी कार्यक्रमअन्तर्गत वित्तीय सहयोगमा निर्माण भएको हो। त्यसमा जर्मन प्रविधि कम्पनी भोइट्थले पनि सघाएको छ। स्कुलले नेपाली युवालाई व्यावसायिक तालिम दिन कोशेढुंगा साबित हुने बताइएको छ।

यो स्कुलबाट युवाले चारदेखि १२ महिना लामो पाठ्यक्रम पढाउनेछ। त्यस्तो तीन वर्ष लामो डिप्लोमा कोर्स पनि स्कुलले सञ्चालन गर्नेछ। यसबाट खासगरी ऊर्जा क्षेत्रमा आवश्यक व्यावसायिक र दक्ष जनशक्ति योगदान हुने आशा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .