ad ad

कारोबार


दसैंमा भाडा नबढ्ने, गाडी अभाव हुन सक्ने

दसैंमा भाडा नबढ्ने, गाडी अभाव हुन सक्ने

दीपक भट्ट
भदौ २५, २०७६ बुधबार १२:१७,

दसैंमा घर जानेहरुको लागि गाडी अभाव हुने सम्भावना देखिएकाे छ। उपत्यकाबाट बाहिर जानेहरुको लागि पर्याप्त गाडी नहुँदा अभाव हुने देखिएको हो।

यो वर्ष नयाँ रुटहरु थप भएको तर गाडी भने थप नभएकोले गाडी अभाव हुने देखिएको व्यवसायीहरुको भनाई छ। उपत्यकाबाट ग्रामीण इलाकामा जाने नयाँ रुटहरु पनि थप भएका छन्।

तर यो वर्ष गाडी भने गत वर्षकै हाराहरीमा भएकोले गाडी अभाव हुने देखिएका राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाको भनाई छ। उनी भन्छन् ‘यो वर्ष देशभरमा गरि १सय ५० को हाराहारीमा मात्रै सार्वजनिक गाडीहरु थप भएका छन्।’

यति संख्या देशभरमा हुनु भनेको नगन्य रहेको उनको भनाई छ। दसैंको लागि उपत्यकाबाट करिब २०लाख भन्दा बढी मानिस बाहिरिने अनुमान यातायात व्यवस्था विभागको पनि छ। त्यहि अनुसार तयारी भैरहेको विभागका महानिर्देश्क गोगनबहादुर हमाल बताउँछन्। हमालका अनुसार व्यवसायीसँग एक चरणको वार्ता भैसकेको छ। पुन; विहीबार अर्को बैठक बस्ने तयारी भैरहेको छ।

किन अभाव हुँदै छ, गाडी?

महासंघका महासचिव सिटौलाका अनुसार सरकारले गाडी सञ्चालक व्यवसायीहरुलाई कम्पनीमा दर्ता गराउने योजना बनायो। त्यो योजना अनुसार विभिन्न आरोप लगाएर बैंक खातासम्म रोक्का गर्‍याे, जसको कारण व्यवसायीहरुले आफुसँग भएको पैसा पनि चलाउन पाएनन्। नयाँ व्यवसायीहरुको पनि सरकारकै नीतिको कारण अकर्षण हुन सकेन। त्यसकारणले यो वर्ष गाडी थप भएन र व्यवसयामा नै मन्दी देखा परेको छ।

गत वर्ष संचालनमा आएका गाडीहरु पनि केहि थन्किएका र तिनीहरुको भर्ताल गर्नेखालको गाडीको संख्या पनि आगामन नभएका कारण पनि यो वर्ष यात्रुहरुले गाडी अभावका समस्या भोग्नुपर्ने सिटाैलाकाे भनाई छ। तर पनि रुट परमिट मिलाएर सकेसम्म त्यसलाई व्यवस्थित गर्न प्रयास गरिने उनले जानकारी दिए।

कति छन् उपत्यकाबाट बाहिरिने गाडी?

व्यवसायीहरुका अनुसार उपत्यकाबाट दसैंको छेकमा ओहोर दोहोरको समेत संख्या दैनिक ३५ हजारको हाराहारीमा गाडी रहेका छन्। तर यात्रुहरु षष्टि र फुलपातिको दिनमा धेरै बाहिरिने भएकोले त्यसलाई व्यवस्थापन गर्न भने मुस्किल पर्ने व्यवसायीहरुको भनाई छ। त्यसलाई मध्यजनर गर्द यो वर्ष १० देखि १८ गतेलाई टिकट बुकिङ खुलाउने योजना बनाएको तर आधिकारीक निर्णय भने नभएको राष्ट्रिय यातायात व्यवसायी महासंघले जानकारी दिएको छ।

भाडा भने नबढ्ने

हरके वर्ष भाडा वृद्धिको माग राख्दै आएका व्यवसायीहरुले यो वर्ष भने भाडाको विषय उठान नगर्ने भएक छन्। महासंघका महासचिव सिटौला का अनुसार सरकारले २०६९ सालमा निधार्रण गरेको भाडा नै यथावत् छ। भाडा केही परिमार्जन गर्नु पर्ने आवश्यकता त छ, तर दशैंको मुखमा भने आफूहरु त्यो माग गर्ने मनसायमा नरहेको उनी बताउँछन्।

हालको भाडा नै दसैंमा कायम रहने उनी बताउँछन्। तर व्यवसायीहरुले दसैंलाई केन्द्रित गरी सरकारले बाटो घाटो निर्माण तथा मर्मतको काम भने गर्नु पर्ने सिटाैलाकाे माग छ। अत्याधिक गाडीहरु सञ्चालन हुने भएकोले तथा ग्रामिण भेगमा समेत गाडीहरुको अत्याधिक माग हुने गरेकोले बाटो मर्मतमा लाग्न सरकारलाई व्यवसायीहरुले अनुरोध गरेको छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .